INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार 

पोखरा उमनपा-२६ की ३६ वर्षीया कुमारी गुरुङले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा प्रहरीले पीडितका ३५ वर्षीय पति श्यामकुमार गुरुङ र विमला गुरुङलाई भदौ १२ गते गिरफ्तार गरेको छ ।

पीडितले उजुरीमा घान्द्रुक गाविसमा माइती घर भई पोखरा उमनपा-२६ सराङकोट बस्ने २२ वर्षीया विमला गुरुङसँग भदौ ५ गते श्यामकुमारले बहुविवाह गरेको उल्लेख गरेकी छन् ।

बहुविवाह गरेको भदौ ११ गते थाहा पाएपछि भदौ १२ गते कुमारी गुरुङले दुवै जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा अनुसन्धानका लागि आरोपित दुवै जनालाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गणेशबहादुर बमले जानकारी दिएका छन् ।

अन्य

भिडियो