राजपुर नगरपालिका-४ घर भएका नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत वीरगञ्जको ०८२ जेठ १४ गतेको इजलासले सफाइ दिएकाे छ ।
राजपुर नगरपालिका-४ घर भएका नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहम्मद अफताब आलमसहित चार जनालाई हत्या कसुरमा जिल्ला अदालत रौतहटले वैशाख १३ गते जन्मकैदको फैसला गरेको थियो ।
तर, उक्त फैसलालाई उल्टाउँदै न्यायाधीश खुशी प्रसाद थारु र अर्जुन महर्जनको इजलासले सो फैसला गरेको हो ।

सर्वोच्च अदालतले इन्सेक, नेपाल बार एशोसिएशन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनका आधारमा घटनाको विस्तृत अध्ययन गरी कारवाही गर्नुपर्ने औँल्याएको थियो ।

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा नेपाली कांग्रेसका नेता एवम् आलमका काका शेष इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम विष्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै २३ जना घाइते भएका थिए ।

घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनमा घाइते र मृतकहरूलाई इटाभट्टाको भट्टीमा हालेर नामोनिसान मेटाएको र घटना लुकाउन आलमले घाइते भएकाहरूमध्ये केहीलाई भारतको अज्ञात स्थानमा उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ उल्लेख थियो ।
घाइते भएका २३ जनालाई आलमले इँटा भट्टामा जिउँदै जलाएर हत्याको गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको थियो । मुलुकी ऐन २०२० अनुसार आरोपितहरूलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनु भएको थियो ।
त्यसैगरी आरोपित मुक्ति साहले सफाइ पाएका थिए भने हालसम्म फरार रहेका आरोपितहरू मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मलाकारको हकमा मुद्दा मुल्तवीमा राखिएको थियो ।
बम बनाउने क्रममा घाइते भएकाहरूलाई जिउदै इँटाभट्टामा जलाई हत्या गरेको आरोपमा प्रहरीले अफताब आलमलाई ०७६ असोज २६ गते गिरफ्तार गरेको थियो ।
सम्बन्धित समाचारहरू
हत्या घटनाको कसुरमा कांग्रेसका नेता आलमसहित चार जनालाई जन्मकैद
गौर घटनाका १५ वर्षः न्यायको पर्खाइमा पीडित र पीडितका परिवार
आलमका आफन्तबाट बदला लिने धम्की दिएको पीडित पक्षको आरोप
‘आलमलाई जेलबाट छुटाउन लागिरहनेछु’-कांग्रेस सभापति देउवा
पुर्व मन्त्री एवम् निलम्बित सांसद अफ्ताव आलम पुर्पक्षका लागि जेल चलान
१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार
कानुनी शासनप्रति आशा जागेको छः इन्सेक
बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित
बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार
इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला
