INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निजका ५० वर्षीय ससुरालाई जिल्ला प्रहरी कार्यालय, पर्साले जेठ ७ गते गिरफ्तार गरेको छ ।

आरोपित ससुराले जेठ ७ गते घरमा एक्लै रहेकी पीडित महिलालाई बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, पर्सामा सोही दिन उजुरी दिएको डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

आरोपितलाई जेठ ७ गते गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको एसपी मिश्रले जानकारी दिनुभयो ।

पीडितको स्वास्थय परीक्षण जेठ ७ नारायणी अस्पताल वीरगञ्जमा भयो ।

अन्य

भिडियो