INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार मुद्दामा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माडि नगरपालिका– ६ का १८ वर्षीय अशोक सुनारलाई जिल्ला अदालतका न्यायाधीश दुर्गा गुरुङको ०८२ जेठ ८ गतेको इजलासले १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताउनुभयो ।

आरोपितले बालिकालाई ०८० माघ १६ गते बलात्कृत गरेको भनी पीडित पक्षले माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपीतलाई माघ १७ गते गिरफ्तार गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण माघ १७ गते भरतपुर अस्पतालमा भएको थियो ।

अन्य

भिडियो