INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१९ का २६ वर्षीय राजकुमार सार्कीलाई जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८२ जेठ ८ गतेको इजलासले कसुर ठहर गर्दै १० वर्ष कैद सजाय र ३० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतलका स्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

सार्कीले ०८१ कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो । प्रहरीले सार्कीलाई कात्तिक ११ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो