INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बनगाड कुपिन्डे नगरपालिका–९, सल्यानका ३८ वर्षीय कुलबहादुर बस्नेतलाई जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्राइको ०८२ जेठ ८ गते इजलासले कसुर ठहर गर्दै १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिनुभयो ।

बस्नेतले ०८० चैत १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण चैत २१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । प्रहरीले बस्नेतलाई चैत २१ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो