बलात्कार घटनाका फरार कसूरदार कैलारी गाउँपालिका—२ का १९ वर्षीय डेतन चौधरीलाई प्रहरीले जेठ ४ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरीसिंह धामीको ०८१ असार ९ गतको इजलासले कसूर ठहर गरी ६ वर्ष ८ महिना कैद सजाय र ३ लाख ३३ हजर ३ सय ३३ रुपियाँ जरिवाना तोकिएको जिल्ला अदालतका श्रेष्तेदार चेतराज पन्तले बताउनु भयो ।
१३ वर्षीया बालिकालाई ०८० पुस ३ गते बलात्कार गरेको कसूरमा अदालतले कैद सजायको फैसला गरिए पनि एक वर्षदेखि फरार रहेका कसूरदारलाई घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर दर्शन खडकाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० पुस ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।