११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सियारी गाउँपालिका–११, देवीनगरका २१ वर्षीय सुनिल परियारलाई १८ वर्ष २ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको ०८२ जेठ २ गतेको इजलासले कसुर ठहर गर्दै परियारलाई १८ वर्ष २ महिना कैद सजाय र सात लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले ०८० असार २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको थियो । प्रहरीले आरोपितलाई असार २३ गते गिरफ्तार गरेको थियो ।