१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बुटवल उपमहानपा–४ का ४५ वर्षीय सूर्यबहादुर क्षेत्रीलाई ११ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बशिष्ठ घिमिरेको ०८२ जेठ २ गतेको इजलासले कसुर ठहर गर्दै क्षेत्रीलाई ११ वर्ष कैद सजाय र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउने भराउने फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले ०८१ असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २२ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थिए । पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते भिम अस्पताल, भैरहवामा भएको थियो । प्रहरीले आरोपितलाई असोज २२ गते गिरफ्तार गरेको थियो ।