INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय भाइलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ १ गतेको इजालसले कसुर ठहर गर्दै १४ वर्ष कैद सजाय, ५ लाख ४० हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले ०८० फागुन महिनामा बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो । प्रहरीले आरोपितलाई जेठ २७ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो