INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितद्वारा न्यायका लागि पहल गरीदिन आग्रह

विराटनगर महानगरपालिका-२ की ३६ वर्षीया चिकित्सक नीता यादवले पत्रकार सम्मेलन गरी न्यायका लागि पहल गरीदिन आग्रह गर्नु भएको छ ।

पतिको नाममा पाएको अंश भोगचलन गर्न नदिइ परिवारका सदस्यले धम्की र घरेलु हिंसा गरेको पीडित यादवले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

विराटनगरमा ०८२ जेठ १ गते पत्रकार सम्मेलन गरी पीडित नीता यादवले पतिको नाममा पाएको अंश ससुरा सितलप्रसाद यादवले भोगचलन गर्न नदिने, पटकपटक गुण्डा प्रयोग गरी धम्की दिने र चरित्रहत्या गरी हिंसा गर्ने गरेको पीडितको भनाइ छ ।

पतिले पाउने अंश दाबी गर्दै जिल्ला अदालत सुनसरीमा ०७९ भदौ २ गते दर्ता गरेको मुद्दामा अदालतबाट ०८१ वैशाख ७ गते आफ्नो नाममा फैसला आएपनि ससुराका कारणले आफ्नो नामको अंश भोगचलन गर्न पाउनुको सट्टा उल्टै घरेलु हिंसा खेप्नु परेको पीडित यादवले पत्रकार सम्मेलनमा बताउनु भयो ।

डाक्टर सिलतप्रसाद यादवका जेठा छोरा डाक्टर सुशील यादवसँग विवाह गरेको र पतिको मृत्यु ०८१ जेठ २ गते भएको पीडित यादवले पत्रकार सम्मेलनमा बताउनु भयो ।

पतिबाट आफ्नाका लागि हस्तान्तरण भइसकेको सम्पति भोगचलन गर्न ससुरा सितल यादवले पटकपटक अवरोध गर्दै आएकाले अदालतको निर्णय कार्यान्वयनका लागि पहल गरीदिन पत्रकार सम्मेलन गरेको पीडित यावदले बताउनु भएको छ ।

मृतक पतिको नाममा नाममा रहेको बुढीगंगा गाउँपालिकाको चार विगाहा जमिन भोगचल गर्न ससुराले अवरोध गर्नुका साथै धाकधम्की तथा मानसिक यातना दिने गरेको पीडित नीताको भनाइ छ ।

Photo 20250515 Morang

अन्य

भिडियो