१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका–७ का २१ वर्षीय प्रेम राईलाई जिल्ला प्रहरी कार्यालय चितवनले ०८२ वैशाख ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको वैशाख ७ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।