INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासको कसुरमा तीन वर्ष ६ महिना कैद फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा राप्ती नगरपालिका– १ का ४१ वर्षीय हिरालाल श्रेष्ठलाई जिल्ला अदालतले चैत २८ गते तीन वर्ष ६ महिना कैद सजयको फैसला गरेको छ ।

पीडित महिलालाई ०८१ पुस २८ गते जबरजस्ती करणी प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायधीश केदारनाथ पौडेलको इजलासले श्रेष्ठलाई तीन वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताउनुभयो ।

बलात्कार प्रयासको आरोपमा श्रेष्ठ विरुद्ध पीडितले माघ २ गते इलाका प्रहरी कार्यालय खैरहनीमा लिखित उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते भरतपुर अस्पतालमा भएकोे थियो ।

अन्य

भिडियो