२४ वर्षीया महिलालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालतबाट मुल्तवीमा राखिएको मुद्दाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बलात्कार घटनाका आरोपित फेदाप गाउँपालिका-३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीलाई प्रहरीले ०८१ चैत २६ गते म्याङलुङ नगरपालिका-१० बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।
२४ वर्षीया महिलालाई ०७८ जेठ २४ गते बलात्कार गरेको आरोपमा पीडितले फेदाप गाउँपालिका-३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीविरुद्ध जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको ०८० जेठ २५ गतेको इजलासले मुद्दालाई मुल्तबीमा राखेको थियो ।
आरोपित इन्द्र नेपाली ०८० जेठ २४ गतेसम्म गिरफ्तारीमा नपरेपछि मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालतका श्रेस्तेदार पारसमणि पोखरेल बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ जेठ २५ गते गरिएको थियो ।