३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका– १२ भैसेटोलका ३९ वर्षीय मोहन दनुवारलाई फागुन १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई खेतवारीमा पानी लगाउन जाँदा ०८१ माघ ८ गते मादकपदार्थ खुवाएर बलात्कार गरेको भन्दै पीडितले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा ०८१ फागुन ५ गते गरियो ।
आरोपितलाई हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।