INSEC Online

📅 २०८३ जेष्ठ २१

ब्यारेकभित्र सइद्वारा आत्महत्या

जिल्ला प्रहरी कार्यालय, झापाको ब्यारेकभित्र झुण्डिएको अवस्थामा ४९ वर्षीय सइ धनराज खतिवडा शव फागुन ४ गते फेला परेको प्रहरीले जनाएको छ ।

भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालयको ‘ब्यारेक’को माथिल्लो तलामा ४९ वर्षीय सई धनराज खतिवडा झुण्डिएको अवस्थामा ०८१ फागुन ४ गते शव फेला परेको हो ।

पानी ट्यांकीमा जाने फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा सइ खतिवडाको शव फेला परेको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ स्थायी घर भइ मोरङको कानेपोखरी गाउँपालिका-७ मा खतिवडा बस्दै आउनु भएको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले दरबन्दी हुनु भएका खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत हुनुहुन्थ्यो ।

घटनाका बारेमा परिवारका सदस्य र आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आधारमा प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर घटनाको अनुसन्धान थालेको छ ।

अन्य

भिडियो