INSEC Online

📅 २०८३ श्रावण ७

हत्या घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका–६ सीमखर्ककी ५१ वर्षीया रूपा लिम्बूको घरायसी विवादका क्रममा साउन ६ गते हत्या गरेको आरोपमा प्रहरीले काका ससुरा ३८ वर्षीय कृष्णबहादुर लिम्बूलाई साउन ७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ०८३ साउन ६ गते बुहारीलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका आरोपितलाई पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुम्लिबुङमा लुकिछिपी बसेको अवस्थामा साउन ७ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

आरोपित लुकिछिपी बसेको सूचनाका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिश कर्णले बताउनु भयो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय, तेहृथुम पठाइएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल, म्याङलुङमा साउन ७ गते गर्ने तयारी गरिएको छ ।

सुरेश खत्री

अन्य

भिडियो