INSEC Online

📅 २०८३ श्रावण ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–७ का २५ वर्षीय दिलकुमार कार्कीलाई गिरफ्तार गरेको छ ।

युवतीलाई ०८२ चैत २९ गते बलात्कार गरेको आरोपमा प्रहरीले कार्कीलाई रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–४ स्याफ्रुवेशीँमा लुकिछिपि बसेको अवस्थामा गिरफ्तार गरेको हो ।

विशेष सूचनाका आधारमा आरोपितलाई अनुसन्धानका लागि रसुवाबाट ०८३ साउन १ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शेखरकुमार साहले बताउनु भयो ।

युवतीलाई चैत २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८३ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई रसुवाबाट गिरफ्तार गरी जिल्ला ल्याउने तयारी गरिएको इन्स्पेक्टर साहले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८३ वैशाख ९ गते गरिएको थियो ।

सरस्वती बानिया

अन्य

भिडियो