INSEC Online

📅 २०८३ श्रावण ७

बाढीका कारण बस्ती जोखिममा

गौरीशंकर गाउँपालिका–८ को लंगोटा बस्ती खारेखोलामा आएको बाढीले तीव्र कटान गरेका कारण उच्च जोखिममा परेको छ । ०८३ साउन ६ गते रातिको बाढीका कारण घरमुनिको जमिन बगाउन थालेपछि १५ भन्दा बढी घर जोखिममा परेको हो। कटान निरन्तर बढ्दै गएपछि स्थानीयले घरभित्रका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

‘खोलाले घरको तलबाट जग नै तान्न थालेको छ । कहिले घर भत्किएला भन्ने त्रास छ । रातभर घर छाडेर सुरक्षित ठाउँमा बस्यौं, बिहान फर्केर सामान निकालिरहेका छौं’, स्थानीय रमेश श्रेष्ठले भन्नु भयो ।

यसैगरी गौरीशंकर गाउँपालिका–६ को गुरूम्फी बजार र वडा नं. ५ को सुम्ना बस्ती पनि जोखिममा परेको छ । बाढीले त्यस क्षेत्रमा पुग्ने सडक पूर्णरूपमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको छ भने विद्युतका पोल बगाउँदा विद्युत् सेवा पनि ठप्प भएको छ । निरन्तर वर्षा भइरहेकाले कटान अझ बढ्ने चिन्तामा स्थानीय छन् । उनीहरूले जोखिममा रहेका बस्तीको संरक्षण, नदी नियन्त्रण र आवश्यक उद्धार तथा राहतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

उद्धब पोखरेल

अन्य

भिडियो