१७ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर ग्राम इनर्वा -७ नायक टोल घर भई बारा जिल्ला बिश्रामपुर गाउँपालिका-१ घोडासहन टोल बस्ने ३२ वर्षीय लङ्गडा भनिने जितेन्द्र यादव विरुद्धको मुद्दा ०८१ माघ २२ गते बारा जिल्ला अदालतले मुल्तबिमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नरेन्द्र बहादुर बुढाको इजलासले सो फैसला गरेको अदालतले जनाएको छ ।
आरोपितले ०७९ माघ १५ गते पीडितलाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले साेही दिन जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय कलैयाले माघ २९ गते उजुरी दर्ता गरेको थियो । आरोपित विरुद्ध ०८० जेठ ७ गते पक्राउ पुर्जि जारी भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते कलैया अस्पताल भएको थियो ।