२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका-१ का ३३ वर्षीय कृष्ण श्रेष्ठलाई माघ २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ १९ गते बलात्कार गरेको आरोपमा पीडितले माघ २० गते प्रहरीमा दिएको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २० गते भरतपुर अस्पतालमा गरिएको छ ।