INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला व्यास नपा–४ का ५५ वर्षीय मनोज खड्कालाई माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ जेठ १० गते बलात्कार गरेको र हाल ३४ हप्ताको गर्भ रहेको भनी पीडितले उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १६ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो