होटेल व्यवसायी समिति तुलसीपुरका उपाध्यक्ष तुलसीपुर उमनपा–८ का ४२ वर्षीय द्रोर्ण आचार्यलाई होटेलमै आएर धारिलो हतियार प्रयार गरी कुटपिट गरेको आरोपमा प्रहरीले माघ ९ गते तुलसीपुर उमनपा–३ का ३२ वर्षीय मुकुन्द सापकोटा र तुलसीपुर उमनपा–९ का ३१ वर्षीय रमेश सापकोटालाई गिरफ्तार गरेको छ ।
तुलसीपुर उमनपा–३ राम्रीमा ड्रिम वाटर एण्ड लज सञ्चालन गरेर बसेका आचार्यलाई माघ ८ गते राती धारिलो हतियार प्रहार गरेर भागेका थिए । टाउकोमा गम्भीर चोट लागेका आचार्यको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । गिरफ्तार भएका दुइ जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी ठकुले बताउनु भयो ।