भरतपुर महानगरपालिका-११ गणेशधामका २० वर्षीय अमृत कुमाललाई ०८१ पुस १५ गते कुटपिट गरेको आरोपमा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेललाई जिल्ला प्रहरी कार्यालय चितवनले माघ ७ गते गिरफ्तार गरी निलम्बन गरेको छ । असई घर्ती घटना हुँदा अस्थायी प्रहरी विट भरतपुर महानगरपालिका-११ गणेशधामको इञ्चार्ज रहेको प्रहरीले जनायो ।
जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले पुस १५ गते मोटरसाइकल जाँच गर्ने क्रममा भाग्न खोजेको आरोपमा असई घर्तीले कुमाललाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि गिरफ्तार गर्नुका साथै निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनु भयो । घटना छानविनका लागि चितवन प्रहरीमा कार्यरत डिएसपी ज्ञानकुमार महतोको कमाण्डमा पाँच सदस्यीय टोली बनाइएको छ ।
घटनाको भिडियो माघ ७ गते बिहानदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।