INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितहरू गिरफ्तार

महाबै गाउँपालिका–३ का वडा अध्यक्ष ५१ वर्षीय पदमबहादुर सिंहलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा महाबै गाउँपालिका–३, राता टोलका १९ वर्षीय जीवन सिंह, २१ वर्षीय तारा सिंह, २० वर्षीय टोप सिंह र २१ वर्षीया घमण्ड शाहीलाई प्रहरीले पुस ९ गते गिरफ्तार गरेको छ ।

वडा अध्यक्ष सिंह आफ्नै घरमा बसिरहेको अवस्थामा पुस ५ गते साँझ आरोपितहरूले उपभोक्ता समिति बनाउँदा आफूहरूलाई समितिमा नराखेको आरोपमा आक्रमण गरी घाइते बनाइएको भन्दै पीडित पक्षले पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घाइतेको टाउकोमा गम्भीर चोट लागेको कारण जिल्ला अस्पताल कालिकोटमा सामान्य उपचारपछि प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरेको छ । वडा अध्यक्ष माथि आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको विषयमा महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले पुस ६ गते विज्ञप्ति प्रकाशन गरी निन्दा गर्नुभएको छ ।

अन्य

भिडियो