INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा पत्रकारमाथी खुकुरी प्रहार

कैलालीका पत्रकार लक्ष्मी जैसीमाथी मङ्सिर २ गते राति अज्ञात समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले जनाएको छ ।

जनता टेलिभिजिनका सम्वाददातासमेत रहेका नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका साधारण सदस्य पत्रकार लक्ष्मी जैसी बौनियास्थित घरमा सुतिरहेको समयमा अपरिचित व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते पत्रकार जैसीको उपचार कोहलपुरमा भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बिरबहादुर बुढामगरले बताए ।

नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपाल कैलालीले प्रेस विज्ञप्तिमार्फत घटनाप्रति घोर निन्दा र भत्सर्ना गर्दै घटनामा सङ्लग्न व्यक्तिहरूलाई तत्काल कारबाहीको माग गरेका छन् ।

अन्य

भिडियो