INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाम ०८१ मङ्सिर १६ गते उजुरी दर्ता गरेको छ ।

आरोपितविरुद्ध पीडित परिवारका अन्य सदस्यहरू कसैले पनि उजुरी दिन नमानेको र यो सामान्य घरायसी विवाद मात्र भएकोले यसलाई घरमै बसेर छलफलको माध्यमबाट मिलाउने भनि घटनालाई ढाकछोप गर्न प्रयास गरेको इलाका प्रहरी कार्यालयका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । तर, पीडितको अवस्था गम्भीर रहेकोले आरोपितविरुद्ध प्रहरी आफैले उजुरी दिई दर्ता गरेको डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

आरोपित र पीडितबीच मङ्सिर १५ गते भएको घरायसी विवादका कारण आरोपित छोराले पीडितको घाँटीमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटना भएको लगत्तै इलाका प्रहरी कार्यालय गोनाहीले आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा पीडित पक्षबाट कसैले पनि आरोपितविरुद्ध उजुरी नदिएपछि आरोपितलाई इलाका प्रहरी कार्यालय गरुडा पठाएको इन्स्पेक्टर कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारको लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको र पीडितको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक कुमार रायले बताउनु भयो ।

अन्य

भिडियो