INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–५ घर भई बनेपा नगरपालिका–५ चण्डेश्वरी मार्गमा डेरागरी बस्ने २२ वर्षीय निशान लामालाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले अन्तिम पटक २०८१ असोज २७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले मङ्सिर १६ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो