INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

शितगंगा नगरपालिका-६, सानाढुङ्ग्रगे चोकका ३५ वर्षीय तिलक रेश्मीको हत्या गरेको आरोपमा बुबा ५५ वर्षीय झन्द्र बहादुर गाहालाई प्रहरीले ०८१ कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

रेश्मी कात्तिक २७ गते राति आरोपितको घरमा काम विशेषले गएको र बसाईँकै क्रममा रातको समयमा ढुङ्गा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले बताउनु भयो ।

शवको पोष्टमार्टम कात्तिक २८ गते प्राथमिक स्वास्थ्य केन्द्र, ठाडामा भयो । पीडित पक्षले कात्तिक २८ गते शव बुझी सोही दिन दाहसंस्कार गरेका छन् ।

अन्य

भिडियो