१५ वर्षीया बालिकालाई कात्तिक १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले धुलिखेल नपा–३ चंखुवेशीका २६ वर्षीय मिलन मगरलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कात्तिक २३ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।