INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधि हातपात घटनाका आरोपित गिरफ्तार

उर्लाबारी नगरपालिकाका मेयर ५२ वर्षीय गङ्गाप्रसाद खरेललाई कात्तिक १२ गते हातपात गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका-७ का ४८ वर्षीय मिलन भण्डारीलाई गिरफ्तार गरेको छ ।

नगरपालिकाको कार्यपालिका बैठक सकेर निस्किँदै गर्दा ०८१ कात्तिक १२ गते नगरपालिका परिसरमै मेयरमाथि हातपात घटनाका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

योग शिविर सञ्चालनका लागि मेयरसँग आरोपितले आर्थिक सहयोग माग गरेको र मेयरले तत्काल आर्थिक सहयोग दिन नसक्ने बताएपछि मेयरमाथि मुक्का प्रहार भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

मेयरसँग भेट गरेर निस्किएका भण्डारी नगरपालिका परिसरमै थिए । कार्यपालिका बैठक सकेर निस्किनासाथ मेयरको अनुहारमा मुक्का प्रहार गरेको मेयरको सचिवालयले जनाएको छ ।

मेयरमाथि अनुहारमा मुक्का प्रहार भएपनि चोट नलागेको मेयरको सचिवालयले जनाएको छ ।

अन्य

भिडियो