INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला बेलकोटगढी नपा–१ सेरा घर भई काठमाडौँ, तारकेश्वर नपा–९ मनमैजु कोठागरी बस्ने ३६ वर्षीय विशाल तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० फागुन ११ गते बलात्कार गरेको र ०८१ असोज ८ गते बनेपास्थित एक अस्पतालमा चेकजाँच गराउँदा गर्भ रहेको थाहा पाएपछि पीडितले प्रहरी कार्यालयमा उजुर गरेकी थिइन ।

पीडित महिलाले ०८१ कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयकी एसपी बसुन्धरा खड्काले जानकारी दिनु भयो ।

अन्य

भिडियो