INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष ९ महिना कैदको फैसला

३९ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ गैराटोल घर भई पाँचखाल नगरपालिका–५ कोठा गरी बस्ने ३३ वर्षीय बालकृष्ण भण्डारीलाई जिल्ला अदालतले १८ वर्ष ९ महिना कैद सजाय फैसला गरी भदौ २० गते फैसलाको प्रमाणिकरण गरेको छ ।

पीडित महिलालाई भण्डारीले २०७९ चैत ११ गते बलात्कार गरेको भनी पीडितको आमाले प्रहरीमा उजुरी गरेपछि आरोपितलाई प्रहरीले ०७९ चैत ११ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतका मुख्य न्यायधीश राजेन्द्र नेपालको इजलासले २०८१ वैशाख ९ गते आरोपितलाई १८ वर्ष ९ महिना कैद सजाय निर्धारण गरेकोमा भदौ २० गते फैसलाको प्रमाणीकरण गरिएको हो । आरोपितबाट २१ हजार रुपियाँ पीडित कोषमा जम्मा गर्न र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्तिसमेत भराउने फैसला भएको छ ।

अन्य

भिडियो