१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला, हरिवन नगरपालिका-९ का २३ वर्षीय अरूणकुमार महतालाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ भदौ १४ गते बलात्कार गरेको आरोपमा इन्सेकले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
इन्सेकको उजुरीका आधारमा आरोपितलाई भदौ १४ गते अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले बताउनु भयो ।
पीडित बालिकाका अभिभावक मोरङ जिल्ला, उर्लावारी नगरपालिका-१ स्थित सुकुम्वासीबस्तीमा बस्दै आएको र जिल्लामा पुगेर प्रहरीमा उजुरी दिन नसक्ने भएपछि उर्लावारी नगरपालिका वडा-१ का वडाध्यक्ष तिलककुमार पाण्डेले इन्सेकलाई अनुरोध गर्नु भएको थियो ।
उर्लावारी नगरपालिका-१ का वडाध्यक्षले इन्सेकलाई लिखित अनुरोध गरेपछि इन्सेकले जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्ध लिखित उजुरी दिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १४ गते गरिएको छ ।