२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-५ का ३५ वर्षीय राजेन्द्र राईलाई भदौ १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ साउन ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १० गते गरिएको छ ।
त्यसैगरी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय युवकलाई भदौ १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ भदौ ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
प्रहरीले आरोपितको विवरण गोप्य राखेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १० गते गरिएको छ ।
त्यसैगरी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ युवकलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।