INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना विद्यार्थीलाई प्रहरीले ०८१ साउन १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई साउन १५ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन १७ गते  दिएको उजुरीको आधारमा माडी नगरपालिका–६ स्थित एक प्राविधिक शिक्षालयमा अध्ययनरत १७, १८ र २३ वर्षीय तीन जना विद्यार्थीलाई गिरफ्तार गरेको डिएसपी भेषरााज रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १७ गते भरतपुर अस्पतालमा गरियो ।

अन्य

भिडियो