INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका-६ का ३२ वर्षीय सुबोध कुमार राउतलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार ३१ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश विनोद कुमार गौतमको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै सात वर्ष कैद र ५० हजार रुपिया पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपितले ०८० वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय मलंगवाले वैशाख २८ गते उजुरी दर्ता गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो