१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कमलामाई नगरपालिका ६ का १९ वर्षीय उज्वल तामाङलाई ०८१ असार ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी ०८१ असार ४ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित परिवारले ०८१ असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बलात्कार मुद्दामा अनुसन्धान भइरहेको एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा असार ७ गते नै गरिएको छ ।