पाँच र ६ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-५ लोहजराका ४५ वर्षीय गुरुदेब भनिने गुरुदयाल मण्डल विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८१ असार २४ गते उजुरी दर्ता गरेको छ ।
बालिकाहरूलाई प्रलोभन दिई घर लगेर २०८१ असार २३ गते बलात्कार गरेको भन्दै पीडितहरूकी आमाहरूले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २४ गते उजुरी दिएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २४ गते उजुरी दर्ता भयो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा असार २४ गते भयो । घटनापछि आरोपित फरार रहेको गाउँलेहरूले बताएका छन् ।