INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा कौडेना गाउँपालिका-३ का ३१ वर्षीय प्रवेश पासवान र ३० वर्षीय बिजय कुमार चौधरीलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार २० गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपित दुवै जनालाई सात वर्ष कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो । आरोपित पुर्पक्षका लागि सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार अधिकारीले बताउनु भयो ।

पीडित युवतीलाई आरोपितहरूले ०८० असार ७ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आराेपितहरूविरुद्ध ०८० साउन १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण ०८० साउन १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो