INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आराेपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई डाक्नेश्वरी नगरपालिका-४ गोबिन्दपुरका २२ वर्षीय शिवकुमार खंगले अपहरण गरी बलात्कार गरेको भन्दै पीडितका काकाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८१ असार १७ गते उजुरी दिनुभएको छ ।

घरमा सुतिरहेकी बालिकालाई असार ८ गते विहान नचिनेको मोटरसाइकलमा आएका आरोपितले अपहरण गरी लगेर असार १० गते भारतको लौकही सिमामा छाडेर फरार भएको पीडितका काकाले जानकारी दिनु भयो । पीडितका बुबा बैदेशिक रोजगारमा रहेकोले काकाले उजुरी दिनुभएको हो ।

आरोपितलाई इलाका प्रहरी कार्यालयले अभद्र व्यवहार सम्बन्धी कसुरमा उजुरी दर्ता गरेर नियन्त्रणमा राखेको छ । पीडित बालिकाले स्वास्थ्य परीक्षण गर्न नमानेकाले बलात्कारमा उजुरी दर्ता नगरेर तत्काल अभद्र व्यवहारमा उजुरी दर्ता गरेको इन्स्पेक्टर शुभेष अधिकारीले बताउनु भयो ।

अन्य

भिडियो