INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरोका कारण दुई जनाको मृत्यु, विराटनगरमा विद्यालय बन्द (फोटो फिचर)

कोशी प्रदेशमा मनसनु सक्रिय भएसँगै जनजीवन प्रभावित भएको छ । बाढीपहिरो कारण ओखलढुङ्गा र सुनसरीमा एकएक जना गरी दुई जनाले ज्यान गुमाउनु परेको छ ।

कोशी प्रदेशमा जुन १० अर्थात् ०८१ जेठ २८ गतेदेखि मनसुन सक्रिय भएको छ । विगतका वर्षहरूमा जुन १३ मा सक्रिय हुने मनसुन यस वर्ष तीन दिन अघि अर्थात् जुन १० मा सुरूआत भएपछि भएको वर्षाका कारण कोशी प्रदेशमा प्राकृतिक विपद्का घटना बढेका छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पुरिएको छ ।

गोठ पुरिदा खत्रीकी ३५ वर्षीया पत्नी देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर १८ वर्षीया मेनुका खत्री घाइते हुनु भएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार असार ११ गतेपछि भएको निरन्तरतको वर्षाले विराटनगर महानगरपालिका जलमग्न भएको छ । कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

कोशी राजमार्ग र सहायक मार्ग जलमग्न भएका कारण आवतजावतमा समस्या भएपछि विद्यालय बन्द गरिएको छ । विद्यालयहरू समेत डुबानमा परेका कारण पठनपाठन प्रभावित भएको सूचना निकालेर विद्यालयले बिदा दिएका छन् । असार १२ गते बिहानदेखि विराटनगर र आसपासका धेरै क्षेत्रमा अत्याधिक वर्षा भइरहेको छ ।

वर्षाका कारण घरभित्र पानी पसेका कारण जनजीवन नै प्रभावित भएको छ । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । असार ११ गते माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुदनी भनिने २२ वर्षीया प्रेमकला चौधरीको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनु भयो । बाढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी र २५ वर्षीया फुला चौधरी छन् ।

photo 20240626 Morang (13)

photo 20240626 Morang (1)

photo 20240626 Morang (2)

photo 20240626 Morang (3)

photo 20240626 Morang (4)

photo 20240626 Morang (5)

photo 20240626 Morang (6)

photo 20240626 Morang (7)

photo 20240626 Morang (8)

photo 20240626 Morang (9)

photo 20240626 Morang (10)

photo 20240626 Morang (11)

photo 20240626 Morang (12)

 

अन्य

भिडियो