INSEC Online

📅 २०८३ जेष्ठ २१

मनसुनबाट प्रभावित १ सय ८३ मानव बस्ती जोखिममा

यसवर्षको मनसुनबाट सिन्धुपाल्चोक जिल्लाका १ सय ८३ मानव बस्तीहरू बढी प्रभावित हुने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।
मनसुनबाट प्रभावित भई हुनसक्ने जोखिम न्यूनिकरणका केही योजनाहरू निर्माण गरिएको भए तापनि यसवर्ष ६ हजार १ सय ५० घरहरू जोखिम पर्न सक्ने पूर्वानुमान गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।
साना तथा ठूला गरी जिल्लामा ४३ ओटा खोला तथा खोल्साहरू रहेका छन् । जिल्लाभर रहेका ती खोला तथा खोल्साहरू मनसुनको समयमा थुनिएर १ सय ८३ मानव वस्ती जोखिम पर्न सक्ने पूर्वानुमान गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।
अघिल्लो वर्ष ०८० मा जिल्लाभरी ३८ ओटा बाढी पहिरोका घटनाहरू भएका थिए । बाढी पहिरोबाट हेलम्बु गाउँपालिकामा १० घर बगाएको थियो भने हेलम्बु गाउँपालिका र मेलाम्ची नगरपालिका क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका थिए ।
यसवर्षको मनसुनका कारणले धेरै वर्षा हुन सक्ने अनुमान गरिए सँगै सरकारी निकायबाट जोखिम बस्तीका नागरिकहरूलाई सुरक्षित राख्ने योजना हुनुपर्ने नेपाल बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनुभयो ।

1 2 3 4 5 6

अन्य

भिडियो