३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खार्पुनाथ गाउँपालिका–१ गोप्काका ३५ वर्षीय गोरखबहादुर बुढालाई सात वर्ष कैद र तीन लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश शम्भु प्रसाद बरालको इजलासले असार ९ गते फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले बताउनु भयो । उहाँका अनुसार ३० हजार रुपियाँ क्षतिपूर्ति र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने गरी सजाय निर्धारण गरिएको बताउनुभयो ।
आरोपितले ०८० भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे थियो ।
प्रहरीले आरोपितलाई ०८० असोज १० गते नै गिरफ्तार गरि मुद्दा चलाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १० गते जिल्ला अस्पतालमा गरिएको थियो ।