जिल्ला अस्पताल इलाममा रहेको एक्सरे मेसिन बिग्रिएपछि करिब दुई महिना यता बिरामीहरू समस्यामा परेका छन् । गाउँ-गाउँबाट उपचारका लागि जिल्ला अस्पतालमा आइपुगेका बिरामीले साधारण एक्सरेका लागि पनि झापाका स्वास्थ्य संस्थामा जानुपरेको गुनासो गरेका छन् ।
एक्सरे मेसिन बिग्रिए लगत्तै विभागमा मर्मतका लागि जानकारी पठाएको भएपनि डेढ महिना बितिसक्दा पनि विभागले मर्मत गर्ने प्राविधिक नपठाउँदा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट तथा प्रमुख डाक्टर प्रभु साहले बताए ।
‘बरू म आफू अस्पतालमै हुँदा बिरामीको भिडियो एक्सरे गर्ने गरेको छु । तर, अर्को एक्सरे मेसिन बिग्रँदा हातगोडा मर्किएका, भाँचिएकालगायतका बिरामीको एक्सरे गर्न र साधारण उपचार गर्न समेत कठिनाई भएको छ ।’-डाक्टर साहले भने-‘बाहिरैबाट हेरेको भरमा र अनुमानमा उपचार गर्नुपर्ने बाध्यता छ ।’