INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका-१ दोभानेका ३१ वर्षीय राजन बस्नेतलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ०८१ जेठ २४ गतेको इजलासले कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार मोहन घिमिरेले बताउनु भयो ।

बालिकालाई आरोपितले ०८० मङ्सिर २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०८० मङ्सिर २८ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० पुस २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ०८० पुस २२ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० मङ्सिर २८ गते गरिएको थियो ।

अन्य

भिडियो