INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिराले दुई ओटा स्वास्थ्य केन्द्रमा क्षति

बाढीपहिरोमा परी भोटखोला-४ स्थित स्याक्सिलागोला आधारभूत स्वास्थ्य चौकी र भोटखोला-४ मा निर्माणाधीन पाँच शैयाको आधारभूत अस्पतालमा क्षति पुगेको छ ।

भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले ०८१ जेठ १८ र १९ गतको भारी वर्षापछि आएको बाढीपहिरोले दुई ओटा स्वास्थ्य केन्द्रमा क्षति पुर्‍याएको बताउनु भयो ।  बाढीपहिरोले स्वास्थ्य संस्थालाई पुर्दा लाखौँ रुपियाँको क्षति भएको गाउँपालिका अध्यक्ष भोटले बताउनु भयो । बाढीले स्वास्थ्य केन्द्रमा क्षति पुर्‍याएपछि स्वास्थ्य सेवा प्रवाह बन्द भएको छ ।

बाढी र पहिरोका कारण भोटखोला गाउँपालिका-४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको छ । घर पुरिएपछि रिदर ज्याबू भोटे छिमेकीकोमा शरण लिइरहेको गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताउनु भयो । बाढीपहिरोले के कति क्षति पुर्‍यायो भन्ने यकिन विवरण सङ्कलन नभइ नसकेपनि प्रारम्भिक विवरण अनुसार लाखौँ रुपियाँको क्षति भएको छ ।

बाढीपहिरोले भोटखोला गाउँपालिका-४ स्थित छोङराङमा माथिल्लो अरूण आयोजनाको पहुँच मार्गको क्याम्प र दुई ओटा गाडीमा समेत पहिरोले क्षति पुर्‍याएको छ । बाढीपहिरोका कारण भोटखोला गाउँपालिकाका विभिन्न सडक क्षतिग्रस्त भएकाले उद्दार र तत्काल राहतका साम्रगी पुर्‍याउन कठिन भइरहेको गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेको भनाइ छ ।

Photo 20240306 sangkhawasabha (1)

Photo 20240306 sangkhawasabha (2)

Photo 20240306 sangkhawasabha (5)

अन्य

भिडियो