मनोसामाजिक समस्या भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मानेभञ्ज्याङ गाउँपालिका-३ दाप्चुकुका ४० वर्षीय सोमराज राईविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले ०८१ जेठ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ । पीडितको महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १५ गते गरिएको छ ।