INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय आफन्तलाई  ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८१ वैशाख २६ गते  बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरी परिसर, ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते पाटन अस्पताल, ललितपुरमा गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।

अन्य

भिडियो