INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले र विवेकशीलका कार्यकर्तालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट

विवेकशील साझा पार्टी स्याङ्जाका कार्यकर्ता चापाकोट नपा-८ का २६ वर्षीय बन्दु घिमिरे र नेकपा एमालेका कार्यकर्ता ३५ वर्षीय शिव कुँवरलाई नेपाली काङ्ग्रेसका कार्यकर्ता निर्मल राना, विश्वास पुरी, जीवन गुरुङ लगायतले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडितहरूमध्ये घिमिरेलाई असोज २ गते र कुँवरलाई असोज ३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटका कारण घाइते भएका घिमिरेका अनुसार कुटपिट भए लगत्तै उनी इलाका प्रहरी कार्यालय रत्नपुर प्रहरी चौकिमा निवेदन दिएर घर गएका थिए ।

असोज २ गते राति नै नेपाली काङ्ग्रेसका कार्यकर्ताले निवेदन फिर्ता लिन दबाव दिँदै निवेदन फिर्ता नलिए ज्यान मार्ने धम्की दिएको पीडित घिमिरे बताए ।

कुटपिटमा संलग्न मध्ये आरोपित जीवन गुरुङलाई भदौ ३ गते गिरफ्तार गरी वडा प्रहरी कार्यालय वालिङमा राखिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताए । कुटपिटका कारण घाइते भएका दुवैजनाको उपचार काठमाडौँमा भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो